धितोपत्र बोर्ड अध्यक्षमा १९ जनाले दिए आवेदन

नेपालभ्युज

धितोपत्र बोर्ड अध्यक्षमा १९ जनाले दिए आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयले योग्यता पुगेका, इच्छुक नागरिकबाट  बुधबारसम्म आवेदन माग गरेकोमा १९ जनाले आवेदन दिएको मन्त्रालयले जनाएको छ ।

२० पुसमा तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि बोर्ड अहिले कार्यकारी अध्यक्षविहीन छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा यसअघि ३ सदस्यीय सिफारिस समिति गठन भइसकेको छ । उक्त सिफारिस समितिले आवेदन दिएकाहरुमध्येबाटै अब कम्तीमा ३ जनाको नाम छनोट गरी मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । सिफारिसमध्येबाटै एक जनालाई मन्त्रिपरिषदले बोर्ड अध्यक्ष नियुक्त गर्नेछ ।

ऐनमा व्यवस्था भएअनुसार  अध्यक्षको पदावधि चार वर्षको हुनेछ र उसलाई पुनः बढीमा चार वर्षको लागि नियुक्त गर्न सकिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved