झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब २४ करोड

नेपालभ्युज

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब २४ करोड

काठमाडौं । साताको कारोबारको चौथो दिन आज नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २ दशमलव ४८ अंकले घटेर २१०८ दशमलव ८२ को विन्दुमा पुगेको छ ।

आज ३१० कम्पनीका ७३ हजार ५ सय ६ पटकको कारोबारमा १ करोड ८८ लाख ९ हजार ६ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ४८ अंकको गिरावट आएर ३७४ दशमलव ६५ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी हाइड्रोपावर कम्पनीहरूको कारोबार भएको छ भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरहरुको भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved