प्रधानमन्त्री प्रचण्डले संसदमा आज विश्वासको मत लिदैँ, ६ दल प्रधानमन्त्रीको पक्षमा

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डले संसदमा आज विश्वासको मत लिदैँ, ६ दल प्रधानमन्त्रीको पक्षमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिदैछन् ।

बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले एउटै कार्यकालका लागि १४ महिनाभित्र तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

गत वर्ष पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि उनले पुस २६ मा पहिलो पटक विश्वासको मत लिएका थिए । त्यतिखेर उनलाई २७५ मध्ये २ सय ६८ सांसदको समर्थन प्राप्त भएको थियो ।

त्यसपछि गत वर्षको चैत ६ मा दोस्रो पटक विश्वासको मत लिँदा भने उनले १७२ मत प्राप्त गरेका थिए ।

प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न १३८ सांसदको समर्थन चाहिन्छ ।

५ दलीय सत्ता गठबन्धनदलमा रहेका एमालेबाट ७७, माओवादी केन्द्रका ३२, रास्वाका २१, जनता समाजवादीका १२ र एकीकृत समाजवादीका १० सांसद छन् ।

त्यस्तै ४ सिट भएको नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिन ह्विप जारी गरिसकेको छ । प्रधानमन्त्रीको पक्षमा १५६ सांसदको समर्थन हुने देखिन्छ ।

संसद्मा कांग्रेसको ८८, राप्रपाको १४, जनमतको ६, र लोसपाको चार गर्दा ११२ मत गठबन्धन बाहिर छ । जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र सांसद पनि विपक्षमा बस्ने देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved