हिट फिल्ममा ह्याट्रिक गर्ने दक्षिण भारतीय निर्देशक

नेपालभ्युज

हिट फिल्ममा ह्याट्रिक गर्ने दक्षिण भारतीय निर्देशक

एजेन्सी । निर्देशक एसएस राजमौलीले एउटा पनि फ्लप फिल्म बनाएका छैनन् । उनले बाहुबली सीरीज र आरआरआर ब्लकबस्टरको ह्याट्रिक दिइसकेका छन् ।

मणिरत्नमले सन् १९८५ देखि लिएर १९९२ सम्म लगातार आठ वटा ब्लकबस्टर फिल्म दिएका थिए ।

त्यस्तै, केजीएफ निर्देशक प्रशान्त नीलले आफ्नो करिअरमा कुल चारवटा फिल्म बनाएका छन् । अहिलेसम्म ती सबै एकपछि अर्को ब्लकबस्टर रहे ।

‘एनिमल’ निर्देशक सन्दीप रेड्डी वांगाले अर्जुन रेड्डी, कबीर सिंह र एनिमलका साथ ब्लकबस्टर ह्याट्रिक दिएका छन् । त्यस्तै, पुष्पा फिल्मका निर्देशक सुकुमारले पनि लगातार हिट फिल्महरुको ह्याट्रिक पूरा गरिसकेका छन् ।

एटली कुमारले ‘जवान’ भन्दा पहिला बिगिल, मर्सेल र थेरी जस्ता सुपरहिट फिल्म दिइसकेका छन् । निर्देशक शिवाले अजित कुमारसँग वीरम, वेदलाम, विवेगम र विश्वासम जस्ता एक पछि अर्को ब्लकबस्टर फिल्म दिइसकेका छन् ।

त्यस्तै, एआर मुरुगदासले धीना, रामना र गजनी जस्ता ब्लकबस्टर फिल्म दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved