वैदेशिक रोजगार विभागमा कार्यरत नासु पक्राउ

नेपालभ्युज

वैदेशिक रोजगार विभागमा कार्यरत नासु पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद निरौला पक्राउ परेका छन् ।

धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निरौलालाई मंगलबार पक्राउ गरेको हो ।

उनले सेवाग्राहीबाट पन्ध्र हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै उनको साथबाट श्रोत नखुलेको एकहत्तर हजार छ सय बीस रुपैयाँसमेत बरामद गरिएको अख्तियारले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved