एमाले संसदीय दलको बैठक जारी

नेपालभ्युज

एमाले संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा (एमाले)ले संसदीय दलको बैठक बसिरहेको छ ।

संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा लिने विश्वासको मतबारे छलफल भइरहेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकले आफ्ना सांसदलाई विश्वासको मत दिन पार्टीले ह्विप जारी गर्ने तयारी छ ।

फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

गठबन्धन दलले सरकारप्रतिको समर्थन फिर्ता लिए पछि प्रचण्ड सरकारले फेरि विश्वासको मत लिनुपर्ने भएको हो । प्रधानमन्त्री प्रचण्डले एक वर्षमा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved