डान्स रियालिटी शो गरेर पछुताईन् मनीषा रानी ? भनिन्-अब कहिल्यै नाँच्ने छैन

नेपालभ्युज

डान्स रियालिटी शो गरेर पछुताईन् मनीषा रानी ? भनिन्-अब कहिल्यै नाँच्ने छैन

एजेन्सी । सलमान खानको रियालिटी शो बिग बोस ओटीटी २ ले भारतको बिहारकी मनीषा रानीलाई स्टार बनाइदियो । यो शोमा मनीषा रानीले तेस्रो स्थान हासिल गरेकी थिइन् तर प्रसशंकले उनलाई नै विजेता मानेका थिए ।

मनीषाले बिग बोसमा एकदमै मनोरञ्जन दिएकी थिइन् । यो रियालिटी शो पछि मनीषा रानी सीधा डान्स शोमा देखिइन् जसको विजेता बनेर बाहिर आईन् । मनीषा रानीले झलक दिखला जा ११ को ट्रफी आफ्नो नाममा पार्न सफल भइन् ।

तर, अब उनले यस्तो बयान दिएकी छन् जसलाई सुनेर सायद उनका प्रसशंक अचम्ममा पर्नेछन् । मनीषाले दाबी गरेकी छन् कि अब उनी कुनै डान्स रियालिटी शो को हिस्सा बन्ने छैनन् ।

मनीषाले हालै एक अन्तरवार्तामा भनेकी छन्, “भयो अब । जीवनमा एउटा जितिसकेँ, गंगामा नुहाएँ अब कुनै डान्स वाला शो गर्नु छैन । साँच्चै भन्दा यसमा एकदमै मेहनत छ ।”

अब उनले नृत्यबाट केही समय ब्रेक लिने पनि बताइन् । उनले भनिन्, “साँच्चै मैले झलकमा यति नृत्य गरेँ कि म एक महिना नाँच्दिन । यस्तो लागिराछ अब म १० वर्षसम्म नाँच्नेछैन । जति म यहाँ नाचेकी छु ।”

यसअघिको अन्तरवार्तामा मनीषाले नृत्य प्रति आफ्नो प्रेम रहेको बताएकी थिइन् । मनीषाले भनेकी थिइन् म झलकमा थाकिरहेकी छु तर, नृत्यसँग यति प्रेम भइसकेको छ कि अब यसलाई कहिल्यै छोड्नेछैन ।

तर, उनले स्वतन्त्र रुपमा भिडिओका लागि मात्र नाँच्ने बताएकी छन् । उनको नाम खतरों के खिलाडी १४ का लागि पनि आइरहेको छ । तर, के गर्छिन भन्ने अझै स्पष्ट भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved