कर्णाली पुलमा सवारी आवागमन बन्द, प्राविधिक परीक्षणपछि मात्रै संचालन गरिने

नेपालभ्युज

कर्णाली पुलमा सवारी आवागमन बन्द, प्राविधिक परीक्षणपछि मात्रै संचालन गरिने

काठमाडौं ।  ट्रकमा लागेको आगलागीबाट आंशिकरूपमा क्षति पुगेको कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ ।

आगलागीबाट पुलको ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ । पुलमा तत्कालका लागि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले बताए । पुलको परीक्षण नहुँदासम्म पुलमाथि सवारी आवागमन बन्द गरिने शाक्यले बताए ।

एसियाकै नमूना पुलका रूपमा रहेको कर्णाली पुल पर्यटनको गन्तव्यस्थलका रूपमा समेत परिचित छ । कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सङ्घीय राजधानी काठमाडौँ तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न अग्रह गरिएको छ ।

काठमाडौँ तथा अन्य जिल्लाबाट सुदूरपश्चिम प्रदेश भित्रिने सवारीसाधनलाई नेपालगञ्ज र बर्दिया हुँदै टीकापुरको मार्ग प्रयोग गर्न भनिएको छ ।

वीरगञ्जबाट लाइटरका एक हजार एक सय कार्टुन बोकेर हिँडेको ट्रक सोमबार अपरान्ह कर्णाली पुलमा पुग्दा आगलागीमा परेको थियो ।

आगलागीबाट रु एक करोड १५ लाख ६८ हजारबराबरको ट्रकमा रहेको लाइटर जलेको छ । ट्रकसमेत पूर्णरूपमा जलेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved