इस्लाम धर्मावलम्बीको महान पर्व रमजान सुरु, एक महिनासम्म दिनभर निराहार व्रत

नेपालभ्युज

इस्लाम धर्मावलम्बीको महान पर्व रमजान सुरु, एक महिनासम्म दिनभर निराहार व्रत

काठमाडौं । इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार व्रत बस्छन् । बिहानको नमाज पढेपछि सुरु भएको रोजा व्रत बेलुकाको नमाज सुनेर मात्रै खाने चलन छ ।

निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय सूर्य उदाउने र अस्ताउने तालिकाका अनुसार तय हुने गर्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि मात्रै आहार लिइन्छ ।

उर्दू पात्रो अनुसार हिजरी सम्बतको रमजान नवौँ महिना हो । रमजानमै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको मानिन्छ । यहि महिनामा नै अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ ।

शरीरलाई शुद्ध राखेर मात्र रोजा बस्नुपर्छ भन्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्वका रुपमा लिइन्छ । नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतिलाई भने रोजा बस्न अनिवार्य गरिएको छैन ।

दान गर्नु , गरिब र दुःखीलाई सेवा गर्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्नु अघि हिजो साँझ मुसलमानहरुले चन्द्रमा हेर्ने प्रचलन छ ।

इस्लामिक विज्ञहरूका अनुसार हिजरी दोस्रो वर्षको रमजान महिनामा उपवास बस्नु मुस्लिमहरूको धार्मिक ग्रन्थ कुरानले फरद वा अनिवार्य गरेको थियो।

उपवास इस्लामको पाँच प्रमुख धार्मिक स्तम्भहरू मध्ये एक हो। बाँकी चार क्रमशः एक ईश्वर, नमाज, जकात र हज मा विश्वास गरिन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved