नेपाल-भारत क्यूआर भुक्तानी सुरु भएको १० दिनमै १ करोड भारु फर्छ्यौट

नेपालभ्युज

नेपाल-भारत क्यूआर भुक्तानी सुरु भएको १० दिनमै १ करोड भारु फर्छ्यौट

काठमाडौं । नेपाल-भारतबीच सुरु भएको अन्तरदेशीय (क्रसबोर्डर) क्यूआर कोड भुक्तानी सुरु भएको १० दिनमै १ करोड भारु (एक करोड ६० लाख रुपैयाँ) कारोबार भएको छ।

गत फागुन १६ गतेदेखि भारतीय नागरिकले नेपालमा फोनपेको क्यूआर कोडमा भारतको फोनपे र भीम एपमार्फत भुक्तानी गर्न सुरु भएको थियो।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटाका अनुसार  हरेक दिन ४५० देखि ५ सय वटा कारोबार भइरहेको छ ।

दैनिक १० लाख भारु (१६ लाख रुपैयाँ) हाराहारीमा भारतीय नागरिकले उताको फोनपे, भीम एपमार्फत नेपालको फोनपे क्यूआर कोड स्क्यान गरेर भुक्तानी गरिरहेको उनले बताए ।

उनका अनुसार सेवा लाइभ भएको १० दिनमै एक करोड भारु (एक करोड ६० लाख रुपैयाँ) फोनपेको नेटवर्कमार्फत भुक्तानी भइसकेको छ ।

फोनपेले भारतीय नागरिकहरुले धेरै नगद खर्चिने क्षेत्र पहिचान गर्दै क्रमश: क्यूआर कोडको प्रयोगलाई आक्रामक बनाउँदै लग्ने योजना बनाएको छ। फोनपेले पर्यटकीयसँगै धार्मिक क्षेत्रमा आउने भारतीयहरुलाई लक्षित गरेर क्यूआर कोड भुक्तानी सरलीकृत गर्दैछ।

धार्मिक पर्यटकलाई लक्षित गर्दै पशुपतिनाथ, मनकामनालगायतका प्रसिद्ध मन्दिर आसपासका क्षेत्रहरुमा भारतीय नागरिकले क्यूआरबाटै भुक्तानी गर्न सक्ने गरी काम अघि बढाइसकेको सापकोटाले जानकारी दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved