अपार्टमेन्टमा मृत भेटिइन् एडल्ट फिल्म स्टार सोफिया लियोनी

नेपालभ्युज

अपार्टमेन्टमा मृत भेटिइन् एडल्ट फिल्म स्टार सोफिया लियोनी

लस एन्जलस । अमेरिकी एडल्ट फिल्म स्टार सोफिया लियोनीको मृत्यु भएको छ । उनले ८ वर्षजति एडल्ट फिल्ममा काम गरिन् ।
१८ वर्षकै उमेरबाटै एडल्ट फिल्म सुरु गरेकी लियोनीको २६ वर्षको उमेरमा मृत्यु भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एक हप्ता अघि नै अपार्टमेन्टमा उनी मृत भेटिएकी हुन ।

लियोनीको परिवारले फोन सम्पर्क गर्न खोज्दा कुनै जवाफ नआएपछि उनको सोधी खोजी गर्ने क्रममा अपार्टमेन्टमै मृत भेटिएको समाचारहरूमा उल्लेख छ ।

मृत्यु कसरी भयो भन्नेबारे छानबिन चलिरहेको छ ।

यसअघि ३६ वर्षीया अभिनेत्री काग्नी लिले पनि आत्महत्या गरेकी थिइन् । उनी गत जनवरीमा जेसी जेन प्रेमी ब्रेट हसनमुलरसँगै मृत भेटिएकी थिइन् ।


Comment

One thought on “अपार्टमेन्टमा मृत भेटिइन् एडल्ट फिल्म स्टार सोफिया लियोनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved