सिरहामा एक महिलाको हत्या, श्रीमान् अचेत अवस्थामा फेला

नेपालभ्युज

सिरहामा एक महिलाको हत्या, श्रीमान् अचेत अवस्थामा फेला

काठमाडौं । सिरहामा एक महिलाको हत्या भएको छ ।

गोलबजार नगरपालिका-६ बस्ने ३५ वर्षीया अनिता साहको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको हो ।

उनका श्रीमान महेन्द्र साह अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

प्रहरीका अनुसार अनिताको गर्दनमा धारिलो हतियार र टाउकोमा सिलौटा प्रहार भएको देखिन्छ ।

दुबै जनाले मिलेर गोलबजारमा सिकेन्द्र पुर्वेको घर भाडामा लिई चिया नास्ता होटल संचालन गर्दै आएका थिए।

हत्या श्रीमान् श्रीमतीको आपसी झगडाका कारण भएको हो वा अन्य कोही व्यक्तिको आक्रमणबाट भएको भन्नेबारे अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी सन्तोष आचार्यले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved