पम्फा भुसाल भन्छिन् : नयाँ गठबन्धनमा विवादित मान्छे पनि छन्

नेपालभ्युज

पम्फा भुसाल भन्छिन् : नयाँ गठबन्धनमा विवादित मान्छे पनि छन्

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पुम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धन पनि शुद्ध नभएको टिप्पणी गरेकी छन् ।

शुक्रबार अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले यस गठबन्धनमा विवादित व्यक्तिसमेत रहेकोले शुद्ध नभएको बताएकी हुन् ।

बहुमत पुर्याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको भुसालको भनाई छ । तर, वर्तमान गठबन्धन विगतको भन्दा सजातिय भएको उनले बताइन् ।

विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिवद्धता गरेर नयाँ गठबन्धन सरकार बनाएको भुसालले बताइन् ।

साथै, भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्नुपर्ने बताइन् । उनले राज्यको हरेक निकायमा ३३ प्रतिशत अधिकार प्राप्त गर्नका लागि पनि आफूलाई क्षमतावान बनाउँदै लानुपर्नेमा जोड दिइन् ।

संविधानले दिएका सबै अधिकारहरुलाई कार्यान्वयन गर्न लाग्नुपर्ने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved