बागमती सरकारबाट बाहिरियो कांग्रेस, ६ मन्त्रीले बुझाए सामूहिक राजीनामा

नेपालभ्युज

बागमती सरकारबाट बाहिरियो कांग्रेस, ६ मन्त्रीले बुझाए सामूहिक राजीनामा

काठमाडौं । सत्ता समीकरणमा फेरबदल आएसँगै बागमती प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सरकारबाट बाहिरिएको  कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्रीलाई राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । बुधबार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर कांग्रेसका ६ जना मन्त्रीले सामूहिक राजीनामा बुझाएका हुन् ।

बागमती प्रदेश सरकारमा कांग्रेसका ६ जना मन्त्री छन् ।   लामाको नेतृत्वमा रामकृष्ण चित्रकार, तीर्थ लामासहित स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकर महर्जन छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved