तीन प्रदेशमा आंशिक बदली, बाँकी भेगको मौसम सफा रहने

नेपालभ्युज

तीन प्रदेशमा आंशिक बदली, बाँकी भेगको मौसम सफा रहने

काठमाडौं । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदली देखि मौसम समान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हिमपातको सम्भावना छ ।

आज राती सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २५ दशमलव १ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved