सुदूरपश्चिम सरकारबाट माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त

नेपालभ्युज

सुदूरपश्चिम सरकारबाट माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त

काठमाडौं । सुदूरपश्चिम सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त भएका छन् ।

मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।

बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन् ।

मुख्यमन्त्री शाहले सरकारमा सहभागी रहेका नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरुलाई भने बर्खास्त गरेका छैनन् ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved