पशुपतिनाथ मन्दिर आसपासमा बुधबारदेखि मासु र मदिरा बिक्रीवितरणमा प्रतिबन्धित

नेपालभ्युज

पशुपतिनाथ मन्दिर आसपासमा बुधबारदेखि मासु र मदिरा बिक्रीवितरणमा प्रतिबन्धित

काठमाडौं । महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर आसपास मासु र मदिरा बेचबिखनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरेर भोलि बुधबारदेखि फागुन २७ गतेसम्म गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला–तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको जनाएको हो । पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाइ भव्यरूपमा सम्पन्न गर्न र पाशुपत क्षेत्रभिको सुरक्षालगयात धार्मिक, साँस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

तोकिएका चारकिल्ला भित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी पूर्णरुपमा रोक लगाइएको बस्नेतले बताए ।

सूचनाको उलंघन गरे प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved