दैलेखमा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहित सयौं कार्यकर्ता एमालेमा प्रवेश

नेपालभ्युज

दैलेखमा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहित सयौं कार्यकर्ता एमालेमा प्रवेश

सुर्खेत । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बरुनाथ योगीसहित सयौं नेता कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन्।

आइतबार आयोजित कार्यक्रममा योगीसहितका नेताकार्यकर्ता एमाले फर्किएका हुन्। एमाले फर्कनेमा प्रतिनिधि सभाका पूर्वसदस्य एवम् केन्द्रीय सदस्य पार्वती विसुन्के, सल्लाहकार परिषद् सदस्य केशरसिंह माझीसहित सयौं नेता रहेका छन्।

उनीहरुलाई केन्द्रीय सचिव एवम् कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै नेता भट्टले आजको दिन माधवकुमार नेपाल ननिदाउने बताए । एमाले फर्कने क्रम बढ्दो अवस्थामा रहेको र अब एमाले पहिलो शक्तिको रुपमा स्थापित हुने उनको दाबी थियो ।

कार्यक्रममा स्थायी कमिटी सदस्य यामलाल कँडेल पोलिटब्युरो सदस्य लक्ष्मी पोख्रेल लगायत सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved