व्यवसायी नबोलेको होइन, डर नबोलेको हो : सभापति लामिछाने

नेपालभ्युज

व्यवसायी नबोलेको होइन, डर नबोलेको हो : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यको नीतिले भन्दा नेताको संरक्षणले व्यवसायीलाई समस्यामा पारिरहेको दाबी गरेका छन‍् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

उनले मुलुकमा निजी क्षेत्रका व्यवसायीहरुलाई राज्यको नीतिले भन्दा पनि नेताहरुको संरक्षण बढी रहेको बताए । उनले व्यवसायीहरुले नेताको संरक्षण नलिएसम्म समस्या जस्ताको जस्तै रहने उल्लेख गरे ।

उनले व्यवसायीहरुले मोही माग्ने ढुङग्रो लुकाउने काम गरिरहेको बताए। ‘निजी क्षेत्रका व्यवसायीहरुले मोही माग्ने ढुङग्रो लुकाउने काम गर्नुभयो । निजी क्षेत्रसँग यथार्थ भन्दा डर लुकेको छ,’ उनले भने, ‘व्यवसायीहरु नबोलेको भन्दा पनि डर नबोलेको थाहा हुन्छ ।’

सभापति लामिछानेले व्यवसायीहरुका समस्या समाधान गर्नको लागि नेताको संरक्षण भन्दा पनि राज्यको नीतिले गर्न आवश्यक रहेको धारणा राखे । उनले हरेक उद्योगी व्यवसायीहरु कुनै न कुनै नेताको संरक्षणमा बस्नुपर्ने बाध्यता रहेको बताए ।

‘विश्वको कुनैपनि समाज र राष्ट्रमा धेरै कर तिर्नेहरुको इज्जत अत्यन्त धेरै हुन्छ । सत्य काम गरेर वा असत्य काम गरेर कमाइको भए नि राजनीतिक संरक्षण छ कि छैन कुराले अर्थ राखेको हुनाले व्यवसायीहरुलाई धेरै कुरा खोल्न दिइको छैन । व्यवसायीहरुको कानून निर्माताले इज्जत गर्न सक्नुपर्छ,’ उनले भने ।

उनले नेताहरुको संरक्षणको कारण व्यवसायीहरूले खुलेर समस्याको विषयमा कुरा राख्न नसकेको पनि बताए । उनले व्यवसायीहरुले हरेक चाडपर्वमा आफ्नो संरक्षणको लागि नेतादेखि सरकारी निकायहरुमा रक्सी उपहार दिने प्रचलन बन्द गर्नु आवश्यक रहेको बताए ।

उनले नेपालमा राज्यलाई सबै भन्दा धेरै कर बुझाउने उद्योगी व्यवसायीहरुको सम्मान गर्न नसकेको बताए । उनले विश्वको कुनै पनि राष्ट्रमा धेरै कर तिर्नेहरूको सम्मान धेरै हुने गरेको बताए । उनले नेपालमा राम्रो काम गरेर वा नराम्रो काम गरेर धेरै सम्पति कमाउदा नेताको संरक्षण आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved