सातामा नेप्से परिसूचक तीन दिन घट्दा दुई दिन बढ्यो, कारोबार रकम ९ अर्बमाथि 

नेपालभ्युज

सातामा नेप्से परिसूचक तीन दिन घट्दा दुई दिन बढ्यो, कारोबार रकम ९ अर्बमाथि 

कठमाडौं । साताको सेयर बजारमा जिकज्याक देखिएको छ । नेप्से परिसूचक तीन दिन घट्दा दुई बढेको छ । सेयर बजारको अवस्था हेर्दा आइतबार दोहोरो अंकले घटेको नेप्से सोमबार दोहोरो अंकले बढेको थियो ।

मंगलबार सामान्य अंकले बढेको नेप्से बुधबार झिनो अंकले घटेको देखिन्छ । त्यस्तै, कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक भारी अंकले घटेर बन्द भएको छ । यो सातामा कुल १ हजार ५ सय ५६ कम्पनीले कारोबार गरेका छन् । जसको कारोबार रकम ९ अर्ब ८० करोड रहेको छ ।

आइतबार : साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अङ्कले ओरालो लागेको थियो । परिसूचक एक दशमलव ३३ प्रतिशतले घटेर एक हजार नौ सय ७९ दशमलव ०२ बिन्दुमा कायम भएको हो ।

जहाँ तीन सय १७ कम्पनीका ८५ लाख ४६ हजार नौ सय ३० कित्ता शेयर ७१ हजार आठ सय ८० पटक खरिदबिक्री हुँदा तीन अर्ब आठ करोड ६९ लाख ५१ हजार ०७० रुपैयाँको कारोबार भएको थियो ।

सोमबार : साताको कारोबारको दोस्रो दिन नेप्से दोहोरो अंकले बढेको थियो । सोमबार नेप्से परिसूचक १३ दशमलव २८ अंकले बढेर १९९२ दशमलव ३० विन्दुमा पुगेको थियो ।

जहाँ ३१४ कम्पनीका ४९ हजार ९ सय ४० पटकको कारोबारमा ५९ लाख ८८ हजार ७ सय १७ कित्ता सेयर खरिद बिक्री गरिएको थियो भने कारोबार रकम २ अर्ब १७ करोड ७३ लाख ९ हजार ०६० रुपैयाँ रहेको छ ।

मंगलबार : साताको कारोबारको तेस्रो दिन नेप्सेमा सामान्य सुधार देखिएको थियो । आइतबार घटेर १९ सयको विन्दुमा पुगेको नेप्से परिसूचक कारोबारको तेस्रो दिन पुनः २ हजारको विन्दुमा उक्लिएको थियो ।

मंगलबार ९ दशमलव ३४ अंकले बढेको नेप्से परिसूचक २००१ दशमलव ६४ को विन्दुमा पुगेको थियो । ३०८ कम्पनीका ४० हजार ९ सय ५१ पटकको कारोबारमा ५२ लाख ३९ लाख ४ सय १६ कित्ता सेयर खरिद बिक्री भएको थियो । जसमा कारोबार रकम भने १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५ सय २६ रुपैयाँ रहेको थियो ।

बुधबार : साताको कारोबारको चौथो दिन नेप्सेमा झिनो अंकको गिरावट देखिएको थियो । आज नेप्से परिसूचक ० दशमलव ८७ अंकले घटेर २००० दशमलव ७७ विन्दुमा पुगेको थियो ।

बुधबार ३०८ कम्पनीका ४१ हजार ६ सय ८९ पटकको कारोबारमा ५१ लाख १५ हजार ६ सय ५८ कित्ता सेयर खरिद बिक्री भएको थियो । जसमा कारोबार रकम भने २ अर्ब ३ करोड ८१ लाख ९ सय ७७ रुपैयाँ रहेको थियो ।

बिहीबार : साताको कारोबारको अन्तिम दिन नेप्सेमा भारी अंकको गिरावट आएसँगै यो साताको नेप्से बन्द भएको छ । बिहीबार २८ दशमलव ६८ अंकले घटेको नेप्से १९७२ दशमलव ०९ को विन्दुमा झरेको छ ।

आज ३०९ कम्पनीका ४८ हजार ३ सय ४९ पटकको कारोबारमा ७४ लाख ४६ हजार ९ सय ९१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २ सय २८ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved