अर्थमन्त्रीलक्षित प्रधानमन्त्रीको टिप्पणी : मनोगत रुपमा योजना बनाउँदा हटाउनुपर्ने स्थिति आयो

नेपालभ्युज

अर्थमन्त्रीलक्षित प्रधानमन्त्रीको टिप्पणी : मनोगत रुपमा योजना बनाउँदा हटाउनुपर्ने स्थिति आयो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको काम कारबाहीप्रति आफैंले असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीवार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले सरकारले गत श्रावण महिनामा निर्धारण गरेका लक्ष्यहरुअनुसार काम हुन नसकेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले योजना तथा कार्यक्रमहरु निर्धाराण गर्दा वस्तुगत र वस्तुवादी हुन नसकेको बताए । मनोगत ढंगबाट लक्ष्यहरु निर्धारण गर्दा परिणाम प्राप्त हुन नसकेको उनको भनाई छ ।

दाहालले अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति लक्षित गर्दै मनोगत रुपमा सरकारका योजना र कार्यक्रम बनाउँदा अहिले परिमार्जन गर्नुपर्ने, हटाउनु, घटाउनुपर्ने स्थिति देखापरेको बताए ।

माघ मासन्तसम्म सम्पन्न हुनुपर्ने १ हजार ७ सय ६७ वटा माइलस्टोनमध्ये ३६ प्रतिशतमात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालु अवस्थामा र १४ प्रतिशत त सुरु नै हुन नसकेको अवस्था रहेको उनले बताए ।

चालु आर्थिक वर्षमा कुल ३ हजार ४२१ तय भएका माइलस्टोनमध्ये हालसम्म ६३३ मात्र सम्पन्न हुनु र चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि २४५ अझै सुरु नै हुन नसक्नुले हाम्रो कार्य क्षमताामाथि नै प्रश्न उठेको दाहालले बताए ।

प्रधानमन्त्री दाहालले माघसम्म कुल राजश्व संकलन वार्षिक लक्ष्यको तुलनामा ३९.९ झन्डै ४० प्रतिशत र माघसम्मको लक्ष्यको तुलनामा ७४ प्रतिशत मात्र संकलन भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved