१० लाखभन्दा धेरैले भरे सर्वोत्तम सिमेन्टको आईपीओ

नेपालभ्युज

१० लाखभन्दा धेरैले भरे सर्वोत्तम सिमेन्टको आईपीओ

काठमाडौं ।सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) १० लाख १२ हजार ३८४ जनाले भरेका छन् ।

अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म कम्पनीको आईपीओमा १९.३ गुणा बढी आवेदन परेको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ  ।

कुल २७ लाख ७६ हजार ७६ कित्ताका लागि मात्रै आवेदन खुलाइएकोमा कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता माग गरेका छन् ।

बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ खुलाएको थियो ।

कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता मात्रै बाँडफाँट गर्नेछ । न्यूनतम ५० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ ।

५० भन्दा कम कित्ताका लागी आवेदन दिएकाहरुको आवेदन स्वतः रद्द हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved