साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’को लघुकथा सङ्ग्रह सार्वजनिक

नेपालभ्युज

साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’को लघुकथा सङ्ग्रह सार्वजनिक

काठमाडौं । साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’को पहिलो लघुकथा सङ्ग्रह ‘बीसौँ शताब्दीको अद्वितीय खेल’ विमोचन गरिएको छ ।

नेपाल स्रष्टा समाजद्वारा प्रकाशित पुस्तकको बुधबार काठमाडौंमा सार्वजनिक गरिएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. दयाराम श्रेष्ठले पुस्तक विमोचन गरे ।

लेखक प्रेरणाले ६ कथासङ्ग्रह, ६ उपन्यास, पाँच कवितासङ्ग्रह, ४ यात्रा संस्मरण, दुई निबन्ध सङ्ग्रह, एक समालोचना प्रकाशित छ ।
एक हास्यव्यङ्ग्य, एक जीवनी र एक अन्तर्वार्ता गरी २७ पुस्तक प्रकाशित छन् । बुधबार विमोचन गरिएको लघुकथा पुस्तक उनको २८औँ कृति हो ।

विमोचित लघुकथा सङ्ग्रहबारे समीक्षात्मक टिप्पणी राख्ने क्रममा वरिष्ठ साहित्यकार किशोर पहाडीले लेखक प्रेरणासँगका पुराना दिन स्मरण गरे ।

४० को दशकदेखि नै आफूहरूले लघुकथाको प्रवर्द्धनमा सँगै पाइला चालेको उनले सम्झिए ।

पुस्तकको भूमिका लेखकसमेत रहेका डा. श्रेष्ठले स्रष्टा गिरीको लेखाइ–सीपमा रूपसज्जा वा आवरण–शैलीको विविधता रहेको औँल्याए ।
स्रष्टा गोविन्द गिरी ‘प्रेरणा’, नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि निरन्तर गतिशील रहँदै आएका छन् ।

उनले २०३४ सालदेखि हालसम्म पनि कलम चलाउँदै आएका छन् । अमेरिकामा हाल बसोबास गर्दै त्यहीँ कार्यरत प्रेरणाले त्यही रहेर पनि साहित्य यात्रामा निरन्तर लागिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved