झिनो अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्बमाथि

नेपालभ्युज

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्बमाथि

काठमाडौं । साताको कारोबारको चौथो दिन नेप्सेमा झिनो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ० दशमलव ८७ अंकले घटेर २००० दशमलव ७७ विन्दुमा पुगेको छ ।

बुधबार ३०८ कम्पनीका ४१ हजार ६ सय ८९ पटकको कारोबारमा ५१ लाख १५ हजार ६ सय ५८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ३ करोड ८१ लाख ९ सय ७७ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ६३ अंकले घटेर ३५६ दशमलव ४५ को विन्दुमा पुगेको छ ।

आज सबैभन्दा बढी कारोबार हाइड्रोपावर कम्पनीहरूको भएको छ भने सबैभन्दा कम कारोबार गर्नेमा कर्पोरेट डिभेन्चर सेक्टर रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved