सुनको मूल्य स्थिर रहँदा चाँदी घट्यो

नेपालभ्युज

सुनको मूल्य स्थिर रहँदा चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved