लघुवित्तपीडित संसद् भवन परिसर प्रवेश गरेको विषयमा छानबिन गर्न समिति गठन

नेपालभ्युज

लघुवित्तपीडित संसद् भवन परिसर प्रवेश गरेको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । लघुवित्त पीडित संसद् भवन परिषरमा प्रवेश गरेको विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपीको नेतृत्वमा समिति गठन गरेको छ ।

उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

समितिले पीडितहरु कसरी निषेधित क्षेत्रमा प्रवेश गरे, उनीहरुको प्रवेशमा कसको कहाँ कमजोरी रह्यो भन्नेबारे अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ ।

सोमबार दिउँसो लघुवित्तका ऋणी संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुष गरी ४९ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई प्रहरी वृत्त, नयाँबानेश्वरमा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved