संसद बैठक बस्दै, तीन मन्त्रीको राजीनामाको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्ने प्रतिपक्षीको तयारी

नेपालभ्युज

संसद बैठक बस्दै, तीन मन्त्रीको राजीनामाको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्ने प्रतिपक्षीको तयारी

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

बैठकमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० पेश गर्ने सम्भावित कार्यसूची छ । क्यालेण्डर अनुसार शून्य समय, विशेष समय, तथा अन्य विधायकी कार्य भने यथावत छ ।

तीनजना मन्त्रीको राजीनामालाई बटम लाइन बनाएका एमाले सहितका प्रतिपक्षी दलले आजको संसद बैठकमा प्रधानमन्त्रीको जवाफ माग गर्ने तयारी गरेका छन् । हत्या र भ्रष्टाचारमा मन्त्री संलग्न भएको आरोप लगाउँदै एमाले, रास्वपा र राप्रपाले प्रधानमन्त्रीको जवाफ माग गरेका हुन् ।

बालकुमारी घटनामा दुई युवाको ज्यान गएको घटनामा भौतिक योजना तथा पुर्वाधार मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा स्वास्थ्यमन्त्री मोहन बस्नेत र रामग्राम लिजमा दिने विषयमा संस्कृति मन्त्री सुदन किरातीले राजीनामा दिनुपर्ने प्रतिपक्षदलहरुले माग गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved