भारतमा ट्रली पल्टिँदा २२ जनाको मृत्यु, १० जना घाइते

नेपालभ्युज

भारतमा ट्रली पल्टिँदा २२ जनाको मृत्यु, १०  जना घाइते

नयाँदिल्ली ।  भारतको उत्तर प्रदेशमा शनिबार ट्र्याक्टर ट्रली पल्टिएर पोखरीमा खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । उक्त दुर्घटना उत्तर प्रदेशको राजधानी लखनउबाट २६६ किलोमिटर उत्तरपश्चिममा पर्ने कासगञ्ज जिल्लाको पटियाली क्षेत्रमा भएको हो ।

“अहिलेसम्म दुर्घटनामा २२ जनाको मृत्यु भइसकेको छ र घाइते भएका १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ,” कासगञ्जका प्रमुख मेडिकल अफिसर राजीव अग्रवालले सञ्चार माध्यमलाई बताएका छन् ।
प्रहरीका अनुसार पीडितहरू गङ्गा स्नान गर्न कादरगञ्ज जाँदै थिए।

पीडितहरूमध्ये अधिकांश महिला र बालबालिका रहेको बताइएको छ । उद्धारकर्ताहरूले घटनास्थलबाट शव निकालेर शवगृहमा राखेको र पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

ट्र्याक्टर चालकले अर्को गाडीलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भारतमा घातक सडक दुर्घटनाहरू प्रायः ओभरलोडिङ, सडकको खराब अवस्था र लापरवाह ड्राइभिङका कारण हुने गरेको पाइएको छ । सडक दुर्घटनामा प्रत्येक वर्ष लगभग १ लाख ५० हजार मानिसहरूको मृत्यु हुने गरेको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved