नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित पाँच जनाविरुद्ध अदालतमा मुद्दा दायर

नेपालभ्युज

नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित पाँच जनाविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेल पाँच जनाविरुद्ध बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख ५० हजार बराबर घूस लिँदै गरेको अवस्थामा गत माघ ९ गते पक्राउ गरिएको थियो । आयोगले सर्वेक्षक बस्नेत र नासु अधिकारीविरुद्ध रु दुई लाख ५० हजार बराबरको बिगो दाबी गरेको छ ।

आयोगले विचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशीषराज बस्नेत र दिनेश बञ्जाराविरुद्ध पनि मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved