काठमाडौंमा बिहानैदेखि पारिलो घाम, देशभरको मौसम खुल्ने क्रममा

नेपालभ्युज

काठमाडौंमा बिहानैदेखि पारिलो घाम, देशभरको मौसम खुल्ने क्रममा

काठमाडौं । काठमाडौँमा बिहानैदेखि पारिलो घाम लागेको छ । बिहीबार वर्षा भएकाले काठमाडौँसहित देशका विभिन्न स्थानमा तुवाँलो हटेर मौसम सफा भएको छ । आजदेखि मौसम क्रमिकरूपमा सुधार हुने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आज विभिन्न स्थानमा बदली हुनुका साथै छिटफुट वर्षाको सम्भावना रहे पनि विस्तारै मौसम खुल्दै जाने महाशाखाको भनाई छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको छ । बिहीबार काठमाडौँमा ३ दशमलव ६ मिलीमिटर वर्षा भएको छ । पोखरामा ७ दशमलव ५ , घोराहीमा ५ दशमलव ८ , दिपायल र डडेलधुरामा समान ३ मिलीमिटर वर्षा भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved