व्यक्तिका कारण सरकार अलोकतान्त्रिक भयो : अध्यक्ष ओली

नेपालभ्युज

व्यक्तिका कारण सरकार अलोकतान्त्रिक भयो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताएका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा केन्द्रिय कमिटीको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बालकुमारी घटनामा मन्त्रीलाई दोषी देखाएको प्रतिवेदनपछि पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न नसकेको बताए । उनले दोषी ठहर गर्दा पनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति भएको बताए । उनले प्रधानमन्त्री निर्लज्ज भएर बसिरहेको जिकिर गरे ।

अध्यक्ष ओलीले एउटा व्यक्तिको स्वार्थमा सिंगो देश नै अलोकतान्त्रिक भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved