महायज्ञ उद्घाटनका लागि राष्ट्रपति पौडेल अछाम जाँदै

नेपालभ्युज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कोटिहोम महायज्ञको उद्घाटनका लागि आज अछाम जादै छन् । १ सय ४४ वर्षपछि हुन लागेको कोटिहोम महायज्ञको उद्घाटनका लागि राष्ट्रपति पौडेल अछाम जान लागेका हुन् ।

साँफेबगर नगरपालिका–१ स्थित वैद्यनाथ धाममा महायज्ञ सुरु हुदैछ । वैद्यनाथ धाममा हरेक ६ वर्षमा लक्ष होम सहितको अर्धकुम्भ मेला लाग्दै आएको छ ।

त्यस्तै वैद्यनाथ धाममा १२ वर्षको अन्तरमा महालक्ष्यहोम सहितको महाकुम्भ मेला र १ सय ४४ वर्षको अन्तरमा कोटिहोम महायज्ञसहितको महाकुम्भ मेला लाग्ने गरेको छ । उद्घाटनका लागि राष्ट्रपति पौडेल जाने भएकोले जिल्लाको शान्ति सुरक्षा कडा परिएको छ ।

वैद्यनाथ नेपालका चार धाम मध्येको एक धाम मानिन्छ । यो पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved