प्रधानमन्त्री निवास बालुवाटार घेर्दै लघुवित्त पीडित, मिटरब्याजी पीडितहरू काठमाडौं आइपुग्दै

नेपालभ्युज

प्रधानमन्त्री निवास बालुवाटार घेर्दै लघुवित्त पीडित, मिटरब्याजी पीडितहरू काठमाडौं आइपुग्दै

काठमाडौं । काठमाडौंमा भेला भएका लघुवित्त पीडितले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने जनाएका छन् ।

बिहानको खाना खाएर उनीहरु बालुवाटार जाने तयारी छन् । उनीहरु केही दिनयता काठमाडौंको गौशालामा बस्दै आएका छन् ।

लघुवित्त तथा वित्तिय शोषणविरुद्द करिब ३ हजार पीडित न्याय माग्दै काठमाडौंमा भेला भएका छन् । उनीहरु मुग्लिनबाट ६ दिन लामो पैदल यात्रा मार्फत काठमाडौं आएका थिए ।
सरकारले यसअघि बनाएको समितिले कुनै काम नगरेको भन्दै थप दबाब सिर्जना गर्नु परेको उनीहरुको भनाई छ ।

यसैबीच, मिटरब्याज पीडित पनि आज काठमाडौं केन्द्रित आन्दोलनका लागि थानकोट आइपुग्दै छन् । धादिङको धार्केमा रहेका उनीहरु आज साँझ सम्ममा थानकोट आइपुग्ने तयारीमा छन् ।

पूर्व पश्चिमबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न हिँडेका मिटरब्याजी पीडितहरू पनि निर्णायक आन्दोलनका लागि काठमाडौं प्रवेश गर्न लागेका हुन् । मधेसका २० जिल्ला र अन्य ८ जिल्लाका पीडित न्याय मार्चमा सहभागी छन् ।

उनीहरुले फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।

यसअघि गतवर्ष चैत १२ गते मिटरब्याजी पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आएका थिए । न्याय मार्च अन्तर्गत पैदलयात्रा गरिरहेका पीडितहरु काठमाडौंको शान्तिवाटिकामा बस्ने तयारीमा छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved