मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक

नेपालभ्युज

मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २५ वटा निर्णय गरेको छ।

मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेकी हुन् ।

मन्त्रिपरिषद् बैठकले तीनै तहका सरकारबीच रोयल्टी बाँडफाँटका आधारसहितका अनुसूचीहरू स्वीकृत गर्ने र सम्बन्धित प्रदेश तथा स्थानीय तहहरूलाई रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप्ने निर्णय भएको शर्माले जानकारी दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved