एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, यस्ता छन् कार्यसूची

नेपालभ्युज

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, यस्ता छन् कार्यसूची

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक मंगलबारदेखि सुरू हुँदैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू हुनेछ ।

पार्टी सचिवालयको २७ औँ बैठकले केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गरिसकेको छ ।

केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय हित र जनसरोकारका विषयमा, जनपरिचालन र दबाब दिने विषयमा कार्ययोजना तयार गर्ने भएको छ ।
महासचिव शंकर पोखरेलकाअनुसार केन्द्रीय कमिटी बैठकमा सङ्गठनात्मक कामको प्रतिवेदन प्रस्तुत हुनेछ ।

पार्टीका नेता कार्यकर्ता र पार्टीबाट निर्वाचित जनप्रतिनिधिमा गम्भीर विचलन देखापरेको भन्दै एमालेको सचिवालयको छैटौँ बैठकले सङ्गठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको थियो । केन्द्रीय कमिटी बैठकले यसबारे ठोस कार्ययोजना बनाउने महासचिव पोखरेलले बताए ।

मिसन ग्रासरूट अभियानपछि पार्टीको ११ बुँदे वार्षिक कार्ययोजना तर्जुमा गरेको केन्द्रीय कमिटी बैठकमा त्यसको समीक्षा प्रतिवेदन प्रस्तुत गरिने छ ।

त्यस्तै, मंसिर १४ देखि पुस २ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ गरेको र यात्राका क्रममा नागरिकस्तरबाट आएको सुझावमा आधारित रहेर मध्यपहाडी क्षेत्रको विकासको सम्भावनाबारे पनि केन्द्रीय कमिटीले दृष्टिकोण तय गर्ने कार्यसूची रहेको पोखरेलले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved