जनार्दन भन्छन्- कर्णाली सुनको डल्लो हो, यसलाई आवश्यक गहनामा बदल्न सक्षम कालिगडको खाँचो छ

नेपालभ्युज

जनार्दन भन्छन्- कर्णाली सुनको डल्लो हो, यसलाई आवश्यक गहनामा बदल्न सक्षम कालिगडको खाँचो छ

काठमाडौं । पूर्वमन्त्रीसमेत रहेका सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले कर्णालीलाई ‘सुनको डल्लो’को संज्ञा दिएका छन् ।

कर्णाली उत्सवको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “कर्णाली सुनको डल्लो हो,” उनले भने ।

उनले थपे, “यो सुनको डल्लोलाई आवश्यक स्तरका गहनामा बदल्न र सजाउनका लागि सक्षम कालिगडहरूको खाँचो छ ।”

कर्णाली दुर्गमता र विकटताबाट परिचित भएको उल्लेख गर्दै उनले अब कर्णालीकेन्द्रित मोडेलको विकास गर्नुपर्ने बताए । “कर्णाली केन्द्रीय सरकारबाट प्रताडित भएर बाँच्यो । कर्णालीको न्याका लागि कामी बूढाले २००८ साल रुकुमबाट विद्रोह सुरू गरेर दैलेख हुँदै हुम्लाका गएर गौँडा कब्जा गरे र हुम्लामै २०११ सालमा हत्या गरियो,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved