गठबन्धनको विकल्प छैन : सभापति देउवा

नेपालभ्युज

गठबन्धनको विकल्प छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने कुरा अहिले नै निर्णय गरिहाल्न उपयुक्त नभएको बताएका छन् ।

सोमबार ललितपुरको गोदावारीमा सुरु भएको महासमिति बैठक उद्घाटन समारोहमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव नभएकाले गठबन्धनको विकल्प नभएको बताए ।

तत्कालिन परिस्थिति अनुसार गठबन्धनको औचित्य, सान्दर्भिकतालगायत विषयमा ठोस मूल्याङ्कन र छलफल गरी त्यसैबेलामा उचित निर्णय लिनुपर्ने सभापति देउवाको भनाई छ ।

प्रतिनिधि सभा विघटन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम भएपछि यसको रक्षाका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको उनले बताए ।

देउवाले नेपाली कांंग्रेसको विधानमा समय सापेक्ष बनाउन शंसोधनको आवश्यकता भएको बताए ।

यसअघि महामन्त्री गगन थापाले आफ्नो सांगठानिक प्रतिवेदनमा गठबन्धन गर्न नहुने प्रस्ताव महासमिति बैठकबाट लिनुपर्ने उल्लेख गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved