बलम्बु प्रहरी प्रभागभित्र गोली चल्यो

नेपालभ्युज

बलम्बु प्रहरी प्रभागभित्र गोली चल्यो
सांकेतिक तस्वीर।

काठमाडौं । काठमाडौंको बलम्बु प्रहरी प्रभागभित्र गोली चलेको बताइएको छ ।

डिउटी सकेर पेस्तोल बुझाउने क्रममा  प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चलेको प्रहरीले  बताइएको छ ।

प्रहरीका अनुसार उक्त  गोली लागेर उनका निजी सुरक्षा गार्ड  घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको बताइएको  छ ।

इन्स्पेक्टर श्रेष्ठलाई तत्काल नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved