‘समृद्ध नेपालः सुखी नेपाली’ नै समाजवाद स्थापना गर्ने विचारधारा : ओली

नेपालभ्युज

‘समृद्ध नेपालः सुखी नेपाली’ नै समाजवाद स्थापना गर्ने विचारधारा : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपालः सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा रहेको बताएका छन् ।

पार्टी निकट नेपाल बुद्धिजीवि परिषद्ले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले नेपालमा समाजवाद स्थापनाका लागि नै सो अवधारणालाई अघि सारेको समेत बताए ।

नेपालले गरिबीविरुद्धको लडाईंमा सफलता हासिल गरेर मात्रै समाजवादमा पुग्ने भएकाले आफ्नो पार्टीले जनतामा खुशी ल्याउने गरी मुलुकको समृद्धिको बाटो तय गरेको अध्यक्ष ओलीले बताए ।

नेपालले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेकुरा संविधानमै व्यवस्था गरेकाले त्यसको कार्यान्वयनमा आफूहरुले जोड दिएको उनको भनाइ छ ।

ओलीले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अझै घनिभुत बनाएर लैजानुपर्ने आवश्यकता पनि औल्याए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved