कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रवार पुनः बस्ने

नेपालभ्युज

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रवार पुनः बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रवार पुनः बस्ने भएको छ । बिहीबारबाट शुरु भएको कार्यसमितिको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयको प्रतिवेदन, महमन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन र उपसभापति पूर्णबहादुर खड्काले महासमितिको बैठकमा प्रस्तुत हुने नीतिगत प्रस्ताव प्रस्तुत गरेको पार्टीका नेता मिनबहादुर विश्वकर्माले बताए।

उनले बिहीबारको बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी  भएका अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्रको अवस्थामा र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयले गरेको कामकारबाहीको बारेमा जानकारी गराएको पनि नेता विश्वकर्माले बताए ।

बैठक शुक्रवार बिहान ९ बजेबाट पुनः शुरु हुने उनले बताए  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved