दोहोरो अंकले घट्यो शेयर बजार

नेपालभ्युज

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १४ दशमलव ४६ अंकले घटेर २०६२ दशमलव ०३ विन्दुमा पुगेको छ ।

आज ३०५ कम्पनीका ८१ हजार ५६ पटकको कारोबारमा १ करोड १४ लाख ७ हजार २ सय ६४ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७ सय ४१ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव ७१ अंकले घटेर ३६८ दशमलव ५६ विन्दुमा पुगेको छ । आज हाइड्रोपावर कम्पनीहरूको ६४ लाख १४ हजार ५ सय १ पटकको सेयर किनबेच हुँदा १ अर्ब ७८ करोड २२ लाख ८ हजार ९ सय २२ रुपैयाँको कारोबार भएको छ ।

फाइनान्स कम्पनीहरूको ५ लाख ७५ हजार ३ सय ९९ कित्ता सेयर खरिद बिक्री हुँदा ७६ करोड ८१ लाख ६६ हजार ०५७ रुपैयाँको कारोबार भएको छ । त्यसै गरी, डेपलभमेन्ट बैंकहरुको ३ लाख ४३ हजार ४ सय ७७ सेयर किनबेच हुँदा ३१ करोड ८१ लाख ८० हजार २ सय ६१ रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा कम कर्पोरेट डिभेन्चरहरुको कारोबार भएको छ । बिहीबार कर्पोरेट डिभेन्चरको ४ हजार १ सय ३८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम भने ६ लाख ३१ हजार ९ सय ५० रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved