हेटिचको नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा

नेपालभ्युज

हेटिचको नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा

काठमाडौं । नेपालको अग्रणी फर्निचर फिटिङ्स प्रदायक कम्पनी हेटिचले ललितपुर, नेपालमा आधिकारिक रूपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टरको उद्घाटन गरेको छ ।

कम्पनीको अत्याधुनिक फर्निचर फिटिङ्स नेपाली बजारमा प्रस्तुत गर्ने दिशामा एक प्रमुख कदममा हेटिच इन्डियाका वरिष्ठ व्यवस्थापन, व्यवसायिक सहयोगीहरू, वास्तुकला तथा डिजाइनका प्रतिष्ठित सदस्यहरु  उपस्थित थिए ।  कार्यक्रमका प्रमुख अतिथि सोसाइटी अफ नेपालिज आर्किटेक्ट (सोना) का अध्यक्ष ईश्वरलाल जोशी रहेका थिए ।

तीन हजार स्क्वायर फिटभन्दा बढीमा फैलिएको यस एप्लिकेसन सेन्टरले ग्राहकलाई हेटिचको अत्याधुनिक फर्निचर फिटिङ तथा हार्डवेयरको प्रयोग गरी घर तथा अफिसका स्पेसमा मनमोहक टच–एण्ड–फिल प्रदान गर्दछ । यस एप्लिकेसन सेन्टरमा ग्राहकहरूले आफ्नो घर तथा अफिसको लागि निःशुल्क व्यावसायिक डिजाइन सेवा पनि प्रदान गर्ने भएको छ ।

उद्घाटनमा बोल्दै हेटिच इन्डिया, मध्यपूर्व, अफ्रिका र सार्कका प्रवन्ध निर्देशक आन्द्रे इकहोल्टले भने– ‘हेटिचले एप्लिकेसन सेन्टरहरूको अवधारणामा उद्योग अग्रगामी भएर उपभोक्ताहरूलाई आफ्नो वासस्थानको फर्निसिङ्ग अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन सफल भएको छ । हेटिचको लागि नेपाली बजार निरन्तर रूपमा महत्वपूर्ण रहेको छ र यहाँ हामीले यसको वृद्धिको ठूलो सम्भावना देखेका छौं ।’

उनले भने, ‘नेपालमा नयाँ हेटिच एप्लिकेसन सेन्टरको स्थापना हाम्रा व्यावसायिक साझेदारहरूसँग दीर्घकालीन दिगो विकासलाई प्रोत्साहन गर्ने हाम्रो प्रतिवद्धताको प्रमाण हो । हाम्रो लक्ष्य हेटिच फिटिङलाई ग्राहकहरूले नयाँ शैली र रचनात्मक फर्निचरका विकल्पको खोजी गर्नेहरुका लागि गन्तव्यको रूपमा स्थापना गर्नु हो ।’

हेटिच १३५ वर्ष पुरानो परिवारको स्वामित्वमा रहेको जर्मन जीवनशैलीको ब्रान्ड हो । १.५ बिलियन यूरो भन्दा बढीको विश्वव्यापी कारोबार रहेको यो फर्निचर फिटिड्सको विश्वको सबैभन्दा ठूलो निर्माता हो । अत्याधुनिक फर्नीचर प्रविधि सिर्जना गर्ने चुनौतीको सामना गर्दै लगभग ८० देशहरूमा अवस्थित यस कम्पनीमा आठ हजार भन्दा बढी कामदारहरू आबद्ध छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved