माधव नेपालले मान्छेलाई भ्रममा पारेर अल्मल्याइरहेका छन् : ओली

नेपालभ्युज

माधव नेपालले मान्छेलाई भ्रममा पारेर अल्मल्याइरहेका छन् : ओली

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मान्छेहरुलाई अल्मल्याइरहेको आक्षेप लगाएका छन् ।

मंगलवार नेकपा(एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रिय सदस्य ईश्वरनारायण श्रेष्ठलाई एमाले पार्टी प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् ।

माधव नेपालले मान्छेहरुलाई भ्रम दिएर झुक्याएको ओलीको आरोप छ । उनले अध्यक्ष नेपालले जनतालाई फ्रि-भिसा, फ्रि-टिकट दिने भनेर अल्मल्याएकोसमेत बताए ।

उनले आफ्नो पार्टीको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउँदा पनि कुनै लाजसरम नभएको भन्दै नेपाललाई अधर्मी र अपराधिक मनोवृत्ति भएको व्यक्तिको रुपमा टिप्पणी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved