पोखराको पसलमा भेटियो ७ किलोभन्दा बढी काँचो सुन, किनेको स्रोत भेटिएन

जिल्ला प्रहरी कार्यालय कास्कीले सुन पसलबाट ७ किलोभन्दा बढी काँचो सुन र ६ किलोभन्दा बढी चाँदीसहित १ जनालाई पक्राउ गरेको छ ।

नेपालभ्युज

पोखराको पसलमा भेटियो ७ किलोभन्दा बढी काँचो सुन, किनेको स्रोत भेटिएन

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सुन पसलबाट ७ किलोभन्दा बढी काँचो सुन र ६ किलोभन्दा बढी चाँदी बरामद गरेको छ । प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

भारतको पश्चिम बंगाल मेदिनीपुर दासपुर–११ घर भई पोखरा महानगरपालिका–२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स सञ्चालन गरी बस्ने ४० वर्षीय सुरजित भौमिक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उक्त ज्वेलर्सबाट स्रोत खुलाउन नसकेको उक्त गहना र नगदसहित सञ्‍चालक भौमिकलाई मंगलबार बिहान नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनको पसलबाट नगद ६२ लाख ८१ हजार रूपैयाँ पनि बरामद गरेको कास्की प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले जानकारी दिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved