लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु : प्रधानमन्त्री

नेपालभ्युज

लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन् ।

मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझाव पत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

भेटमा प्रधानमन्त्रीले भने, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौँ बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हर हालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु। तपाईँहरूको सुझाव पनि म हेर्छु।’

उनले लघुवित्त र सहकारी क्षेत्रमा देखिएको समस्यालाई जतिसक्दो चाँडो निराकरण गर्न आफू लागि परेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved