अब पुँजीगत खर्चको रफ्तार बढ्छ : अर्थमन्त्री महत

नेपालभ्युज

अब पुँजीगत खर्चको रफ्तार बढ्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले पुँजीगत खर्चको रफ्तार अब बढ्ने बताएका छन् ।

चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पुँजीगत खर्च गर्न मिल्ने अनुकूल वातावरण नमिलेकाले चालु आवमा पुँजीगत खर्च बढ्न नसकेको जिकिर गरे ।

‘पुँजीगत खर्च गर्नका लागि वातावरण अनुकूल भई नसकेको कारणले गर्दा ६ महिनामा पुँजीगत खर्च कम भएको हो’, उनले भने ‘अब भने पुँजीगत खर्चको रफ्तार बढ्छ, धमाधम ठेक्काहरू लाग्न थाल्छन् ।’

यसका लागि मन्त्रालयले आवश्यकीय कानुनहरू निर्माणका लागि आदेश दिइसकेको उनले बताए । खर्च गर्ने अधिकार प्रदेश र स्थानीय तहलाई पनि बाँडफाँड गरिँदा ऋणको दायरा बढेको र यसको भार केन्द्रले बोक्नुपरेको कारण पनि पुँजीगत खर्च बढ्न नसकेको उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved