रूकुमपश्चिममा २९ हजार लाभग्राहीले पाए पहिलो किस्ता

नेपालभ्युज

रूकुमपश्चिममा २९ हजार लाभग्राहीले पाए पहिलो किस्ता

काठमाडौं । जाजरकोट भूकम्पबाट पीडित रुकुमपश्चिमका २९ हजार १३३ लाभग्राहीले अस्थायी आवास निर्णाण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार कूल ३१ हजार ६२० लाभग्राहीका लागि पहिलो किस्ताबापतको रकम निकासा भइसकेको छ ।

जिल्लाका छ वटै पालिकाका २९ हजार १३३ लाभग्राहीले पहिलो किस्ताबापत २५ हजार रुपैयाँका दरले रकम प्राप्त गरेका हुन् । बढुवालका अनुसार सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका ९ हजार ७३२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा १ हजार ५४७ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेका हन् ।

त्यस्तै सानीभेरी गाउँपालिकामा ५ हजार ७६१, त्रिवेणी गाउँपालिकामा ४ हजार ११५, चौरजहारी नगरपालिकामा ६ हजार २७९ र बाँफीकोट गाउँपालिकामा १ हजार ६९९ लाभग्राहीले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम प्राप्त गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी बढुवालका अनुसार छवटै स्थानीय तहमा हालसम्म ७२ करोड ८३ लाख २५ हजार रकम लाभग्राहीले प्राप्त गरेका छन् । जिल्ला विपद् व्यवस्थापन कोषबाट भने ३१ हजार ६ सय २० लाभग्राहीको लागि स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा रु ७९ करोड ५ लाख पठाएको छ ।

जिल्लामा हालसम्म २४ हजार ७ सय २६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् भने ५ हजार ९७६ अस्थायी आवास निर्माणको चरणमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिए । जिल्ला अझै २ हजार ४८७ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved