के तपाईं पनि खाना तताउन माइक्रोवेबको प्रयोग गर्नुहुन्छ ?

नेपालभ्युज

के तपाईं पनि खाना तताउन माइक्रोवेबको प्रयोग गर्नुहुन्छ ?

एजेन्सी । ग्यास, आगोहरुको तुलनामा माइक्रोवेवमा खाना छिटो तातिन्छ त्यसैले अहिलेको समयमा धेरैले खाना तताउनका लागि माइक्रोवेबको प्रयोग गर्दछन् ।

यसमा खाना तताउन राम्रो पनि मानिन्छ किनभने यसमा छिटो खाना तातो हुने भएकाले खानाका पोषक तत्वमा धेरै असर पर्दैन ।

स्वास्थ्य विशेषज्ञहरुका अनुसार, नियमित रुपमा यस प्रकारका उपकरण प्रयोग गर्दा दुष्प्रभाव पनि पर्न सक्छ ।

यो सुपरहीटिंग उपकरण भोजन तताउने भाँडाका लागि हानिकारक हुन सक्छ । त्यसैले यसका लागि उपयुक्त हुने भाँडा नै प्रयोग गर्नुपर्दछ । तपाईंले प्लास्टिकका भाँडामा राखेर तताउने गर्नुहुन्छ भने भोजनमा माइक्रोप्लास्टिकका कण सामेल हुन सक्छन् ।

माइक्रोवेबका लागि बनेका भनिएपनि प्लास्टिकका भाँडा प्रयोग गर्नु हानिकारक हुन्छ । त्यसैले प्लास्टिकका भाँडा माइक्रोवेबमा प्रयोग नगर्नुहोस् ।

माइक्रोवेबका लागि सही भाँडा शिशाको हुन्छ जसमा रसायनिक प्रतिक्रिया हुँदैन । कहिलेकाँही तापक्रम सही तरिकाले सेट नगर्दा खाना ओभरहिटिङ हुने समस्या पनि हुन्छ । त्यसबारेमा पनि माइक्रोवेब चलाउने व्यक्तिले ख्याल गर्नुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved