प्रजातन्त्र दिवस तीन दिनसम्म भव्यरूपमा मनाइने, घर-घरमा दीप प्रज्वलन गर्न आग्रह

नेपालभ्युज

प्रजातन्त्र दिवस तीन दिनसम्म भव्यरूपमा मनाइने, घर-घरमा दीप प्रज्वलन गर्न आग्रह

काठमाडौं । सरकारले प्रजातन्त्र दिवसलाई भव्यरूपमा मनाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बिहान सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन  प्रजातन्त्र दिवस भव्यताका साथ दिवस मनाउने निर्णय गरेको हो ।

आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने बैठकको निर्णय छ । सोही दिन राष्ट्रियस्तरका छापा सञ्चारगृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क/स्मारिका प्रकाशन एवम् प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख-रचनाको सङ्गालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघसंस्थाका कार्यालयका छत, बरण्डा र परिसरमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवम् घरघरमा दीप प्रज्ज्वलन गरिनेछ ।

दिवसको दिन फागुन ७ गते नेपाली सेनाबाट सैनिक मञ्च, टुँडिखेलमा बिहान सूर्योदयसँगै विगुल बजाउने तथा तोप र बन्दुकको बढाईं गरिने छ । सोही दिन सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकीत व्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

फागुन ७ गते नै सैनिक मञ्च, टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को औपचारिक मूल समारोह आयोजना हुने छ ।

बैठकले सातवटै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरी विविध कार्यक्रमका साथ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरूपमा मनाउन प्रदेशवासीलाई सरकारले अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved