गोठमा खेलिरहेका २ जना बालबालिकाको आगलागीमा परी मृत्यु

नेपालभ्युज

गोठमा खेलिरहेका २ जना बालबालिकाको आगलागीमा परी मृत्यु
सांकेतिक तस्वीर।

अछाम । जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ ।

बुधबार साँझ जिल्लाको मेल्लेख गाउँपालिका–३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकले जानकारी दिए ।

दुवै बालबालिकाको जलेको शव गोठबाट निकालिएको उनले बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved